आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, १२ मंसिर २०८१

नेप्से ३९.७० अङ्कले वृद्धि, परिसूचक २७५६.३६ मा

https://jawaaf.com/storage/01JDPRE72N63ZGBZA30TY57FYN.jpg

Pathivara.gif 82.25 KB

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.७० अङ्कले वृद्धि हुँदै २,७५६.३६ अङ्कमा बन्द भएको छ । बुधवार नेप्से परिसूचक १.४६ प्रतिशतले बढेको हो । आज ३१६ कम्पनीका १ करोड ७१ लाख ४३ हजार ५८४ कित्ता सेयर ८९ हजार पटक किनबेच हुँदा कुल कारोबार रकम ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार ८४० पुगेको छ ।

Bantawa_Hardware.gif 563.38 KB

कारोबारमा रहेका सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीहरूमा विशाल बजार कम्पनी, कर्णाली विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक र मानुशी लघुवित्त रहेका छन् । तर, मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

उपसूचकतर्फ वित्त समूह शून्य दशमलव ४७ प्रतिशतले घटेको छ भने अन्य सबै समूहको उपसूचकमा वृद्धि भएको छ । सबैभन्दा धेरै व्यापार समूह ९.२७ प्रतिशत र विकास बैंक समूह ३.१८ प्रतिशतले वृद्धि भएको छ ।


न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

सम्बन्धित खबर

/frontend/images/redline.png