शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, २० मंसिर २०८१

चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएन्, देउवा प्रधानमन्त्री निश्चित’

https://jawaaf.com/storage/01JEBD6YF27K8JZRXXY84W5YME.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋणसम्बन्धी कुनै सम्झौता नभएको बताएका छन् । बिहीबार चार दिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै चीन भ्रमपूर्ण नै कुनै पनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौता नभएको स्पष्ट पारेका हुन् ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

उनले भने, ‘अस्ति नै देखि मैँले हामी कुनै ऋण लिन जाँदै छैनौँ, ऋण लिनेबारे कुनै कुरा पनि चलेन, मैले यहाँ बोलेकै थिएँ । छलफल पनि भएन । हामीले यस पटक बिआरआई अन्तर्गत विभिन्न परियोजनाहरूको कुरा गरेका छौँ । हरेक परियोजनाअन्तर्गत छुट्टै छलफल, छुट्‍टै एग्रिमेण्टहरु गर्छौँ र त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने सन्दर्भमा कुरा पनि गरेका छौँ ।’

उनले भ्रमणमा बीआरआई अन्तर्गत गरिएका सम्झौताअनुसार नेपालले पाउने सबै रकम अनुदान भएको बताए । चीन भ्रमणको क्रममा नेपाल–चीन मित्रलाई प्रगाढ बनाउने कुरा भएको बताए ।

Pathivara.gif 82.25 KB

‘मित्रता अरू कसैका विरूद्ध नभई हाम्रै पक्षमा मात्र हो भन्ने कुरा पनि भयो । मित्रतालाई अगाडि बढाउने र त्यसले सकेसम्म ज्यादा लाभ नेपाललाई पु¥याउने भन्ने कुरा भयो,’ प्रधानमन्त्री ओलीले भने ।

साथै उनले सरकारको नेतृत्व अब १८ महिना गरेपछि आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए । उनले देउवाले डेढ वर्ष सरकारको नेतृत्वसँगै निर्वाचन गराउने र चुनावमा बहुमत ल्याउन सबै राजनीतिक दलहरूले प्रयास गर्ने बताए । 

Planning_Consultancy.gif 1.45 MB

‘अब म प्रधानमन्त्री १८ महिना जति छु, त्यसपछि शेरबहादुर देउवाज्यूलाई हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ । हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ । चुनावपछि अब हामी हरेकले बहुमत ल्याउने कोशिस गरौंला । बहुमत आउँछ भन्ने विश्वास छ । आएन भने अरू तरिकाहरू होला,’ उनले भने ।

baba_education.gif 870.63 KB

सम्बन्धित खबर

/frontend/images/redline.png