आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, २१ मंसिर २०८१

गृहमन्त्रीको नक्कली पिए विष्ट पक्राउ

https://jawaaf.com/storage/01JECW55K27BFBX1J5JSWQF0FX.jpg

काठमाडौँ । गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी प्रशासन देखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिएलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

Pathivara.gif 82.25 KB

उनले नक्कली पिए भन्दै ठगी गर्दै हिँडेका विष्टलाई धूमवाराहीबाट पक्राउ गरेको जानकारी दिदैँ प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले कानुनी कारबाही अघि बढिसकेको जानकारी दिए ।

त्यसैगरी गृहमन्त्रीको सचिवालयले पनि नक्कली पिएको विषय सचिवालयमा आएपछि केही समय यता सूक्ष्म रूपमा जानकारी लिइरहेको थियो ।

नक्कली पिएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालयको आग्रहमा पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पिए / सल्लाहकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरूबाट सर्तक रहन आग्रह गरेको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

सम्बन्धित खबर

/frontend/images/redline.png