बिहिबार, २१ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, २२ मंसिर २०८१

जसपा धरान नगर सदस्य सुप्तिहाङको निधन

https://jawaaf.com/storage/01JEG6S3X2MYNGPMZE9P9B892R.jpg

धरान । जनता समाजवादी पार्टी (जसपा) धरान नगर समिति सदस्य जिवन सुप्तिहाङको निधन भएको छ । 

धरान ११ का स्थाई बासिन्दा सुप्तिहाङको  मंसिर १२ गते राति हृदयघात भएपछि उनलाई गोल्डेन गेट हस्पिटल, विराटनगर पुर्‍याइएको थियो । उक्त हस्पिटलमा उपचार सम्भव नभए पछि नोबेल हस्पिटलमा पुनः भर्ना गरि उपचार भईरहेको अवस्था मा आज बिहान २ः ३० बजे नेता सुप्तिहाङको निधन भएको जसपा धरान समितिले बताएको हो ।

जसपा धरान नगर समिति सदस्य सुप्तिहाङको असामयिक निधन प्रश्चात समितिका पदाधिकारी सदस्यहरू अहिले नगर नेता सुप्तिहाङको मूलघर चौदण्डिगढी ४ बसाहामा पुगेका छन् ।

पार्टी स्रोतका अनुसार नेता सुप्तिहाङको अन्तिष्टी आज बिहान नै किरात राई समुदायको परम्परा अनुसार चौदण्डिगढी ४ बसाहा उदयपुरमा गरिएको छ । 

४१ वर्षीय नेता सुप्तिहाङको एक छोरा एक छोरी श्रीमती सहित  धरान ११ मा बस्थे I उनी जसपा स्थापना देखी नै पार्टीमा सक्रिय थिए साथै सामाजिक र व्यावसायिक रूपमा पनि क्रियाशील व्यक्ति थिए ।

सम्बन्धित खबर

/frontend/images/redline.png