शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, २३ मंसिर २०८१

दमक भ्यू टावर विकासको नमुना हो : प्रधानमन्त्री

https://jawaaf.com/storage/01JEK1SDZJ4GMZ7WNP0FW559BN.jpg

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स (दमक भ्यू टावर) विकासको नमुना भएको बताएका छन् । उनले नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने नमुनाका रूपमा भ्यू टावरलाई लिन सकिने बताएका हुन् । 

baba_education.gif 870.63 KB

बाक्लो जनसहभागितामा एकसय मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आइतवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कम्प्लेक्स निर्माणबाट रोजगारी र पर्यटन वृद्धि हुने बताए । 

विश्वका ठुला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा पनि गरे ।

Pathivara.gif 82.25 KB
 

उनले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोषण गर्दै देश चलाउने कुरा अरूलाई गाली गरे जस्तो र सहकारी ठगीजस्तो नहुने पनि बताए ।

दमकको मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा पर्ने कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा निर्माण भएको हो ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

कूल चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ ।

कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए । 

सम्बन्धित खबर

/frontend/images/redline.png