बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, १७ वैशाख २०८१

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द

https://jawaaf.com/storage/01HWN0QCDYVNS20YSW4MDXHH3P.jpg

बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यस अघि अत्यधिक तापक्रमका बावजुद लाखौं बालबालिकालाई सोमबार देखि विद्यालयमा उपस्थित भई नियमित कक्षा सञ्चालनको वातावरण बनाउन सरकारले आग्रह गरेको थियो । 

वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण तातो हावा चल्दा देशभर शिक्षक, कर्मचारी र विद्याथीहरू बिरामी परेका वा मृत्यु भएका खबरहरू पछि विद्यालय बन्द गर्ने निर्णय गरिएको थियो । 

पछिल्लो एक हप्तामा राजधानी ढाकाको औसत तापक्रम ३० वर्षको औसत तापक्रमभन्दा ४–५ डिग्री सेल्सियस बढी रहेको छ । सरकारले अप्रिलको सुरु देखि नै अत्यधिक गर्मीका कारण कम्तीमा सात जनाको मृत्यु भएको र बिहीबार सम्म राजधानीको अधिकतम तापक्रम ४० डिग्री भन्दा माथि रहने अनुमान गरेको छ ।

उपमहान्यायाधिवक्ता शेख सैफुज्जमानले एएफपीसँग भन्नुभयो, “उच्च अदालतको दुई न्यायाधीशको संयुक्त इजलाशले ‘गर्मीका कारण सबै प्राथमिक र माध्यमिक विद्यालय र मदरसाहरू बन्द गर्ने’ आदेश जारी गरेको छ ।

सैफुज्जमानका अनुसार वकिलहरूले गर्मीका कारण कैयौँ शिक्षकको मृत्यु भएको बताएपछि अदालतले उक्त आदेश जारी गरेको हो ।अदालतले आगामी आइतबार सम्म अनुमानित तीन करोड २० लाख विद्यार्थीका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

गर्मी कायमै रहेपछि सरकारले अप्रिल २१ देखि एक हप्ताका लागि देशव्यापीरूपमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।ढाकामा आइतबार देखि कक्षा सुरु भएको थियो र चिन्तित आफन्तहरू आफ्ना छोराछोरी सँगै विद्यालयको गेटमा पुगेका थिए ।

स्थानीय फातिमा तुज जोहोरले आइतबार एएफपीसँग भन्नुभयो, “विद्यालयहरू बन्द गर्न गाह्रो छ किनभने बच्चाहरू घरमा पढ्न चाहँदैनन् । तर यो गर्मीमा उनीहरू कसरी विद्यालय आउन सक्छन् ?” 

बङ्गलादेशको मौसम विभागले बिहीबार सम्म तापक्रम नघट्ने जनाएको छ ।मौसमविद् मोहम्मद अबुल कलाम मल्लिकले आइतबार एएफपीसँग कुरा गर्दै सन् १९४८ मा रेकर्ड सुरु भएयता बङ्गलादेशमा यति ठूलो गर्मी नदेखिएको बताउनुभयो । 

बढ्दो तापक्रमले बङ्लादेशको लगभग तीन चौथाई भागलाई असर गरिरहेको छ ।मल्लिकका अनुसार जलवायु परिवर्तन र तीव्र शहरीकरण, वन फँडानी, पानीका मुहान खुम्चिँदै जानु र वातानुकूलनको बढ्दो प्रयोगजस्ता मानवसिर्जित कारणहरू उष्ण वायुको वर्तमान् समस्याका लागि जिम्मेवार छन् ।

सम्बन्धित खबर

/frontend/images/redline.png