शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, २५ मंसिर २०८१

सरकारले रवि लामिछानेलाई नियतवस अमानविय व्यवहार गरिरहेको छ : सांसद शर्मा

https://jawaaf.com/storage/01JEQVSQAS17DEVCEBXQHV9QZQ.jpg

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई अमानवीय व्यवहार गरेको बताएका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले  अन्यायपूर्ण ढंगले र नियतवस रूपमा लामिछानेलाई एउटा जिल्लाबाट अर्को जिल्लामा दौडाएर अमानवीय व्यवहार सरकारले देखाएको आरोप लगाए । 

Daily_Dose_Adv_07_07.gif 652.54 KB


उनले भने, ‘अहिलेका गृहमन्त्री रमेश लेखक कानूनको ज्ञाता पनि हुनुहुन्छ । हाम्रो गृहमन्त्री नै भएको बेला यो केस न्यायिक निरूपणको विषय हुनुपर्ने हो । न्यायालयले यसबारे बोल्नुपर्ने हो । सकेसम्म पहिलो हप्ता नभए ८/१० दिनभित्र अदालतमा बुझाइदिनुपर्ने हो । तर, नियतवस र मानसिक रूपमा ह्यारेस गराउनका निम्ति रविलाई कहिले कता कहिले कता कुदाइएको छ । देख्दा र हेर्दा लोकलाई पनि लाज लाग्छ भनिन्छ नि त्यस्तै भएको छ । सबैले बुझ्ने गरी अन्यायपूर्ण ढंगले र नियतवस रूपमा यो काम भइरहेको छ । यो घटनाको घोर भर्त्सना गर्दछु । प्रधानमन्त्री, गृहमन्त्री र सरकारलाई तीन दिनभित्र म रवि लामिछानेको केस अदालतमा पेस गरियोस् भन्न चाहन्छु । विधिको शासन सबैले मान्नुपर्छ ।’
उनले रवि माथि सरकारले रवैया देखाएको भन्दै सरकारले आफ्नो रवैयालाई परिवर्तन गर्न माग गरे । 

AS.gif 486.54 KB


उनले भने,‘ जुन रवैया सरकारले देखाइरहेको छ । सरकारले आफ्नो रवैयालाई परिवर्तन गर्नुपर्छ । रास्वपा नेता कार्यकर्ताहरूले गर्नुभएको व्यवहारमा पनि हामीलाई मन परेको छैन् । अनुसन्धान भइरहेको बेला नारा जुलुस गर्नुहुन्न । बरु सदनमा आफ्नो कुरा राख्ने गर्नुपर्छ ।’

Pathivara.gif 82.25 KB


सांसद शर्माले गृहमन्त्री रमेश लेखकले पार्टीको प्रमुख सचेतक हुँदा सदनमा बोलाएर जिवी राईलाई  किन पक्राउ नगरेको भनेर नारा लगाउन लगाएको भन्दै अहिले आफू गृहमन्त्री हुँदा किन पक्राउ नगरेको भनेर प्रश्न समेत गरे । 

MIC (1).gif 172.09 KB


उनले भने,‘गृहमन्त्री ज्यूलाई मेरो प्रश्न छ । हिजो पार्टीको सचेत हुँदा हामीलाई सदनमा रोस्टममा बोलाए जिवी राई खोई, किन पक्राउ नगरेको भनेर नारा जुलुस गर्न लगाउनु भयो । तर आज तपाईँ आफै गृहमन्त्री हुँदा पक्राउ गर्ने दायित्व हो कि होइन् ? किन पक्राउ नगरेको ?’

baba_education.gif 870.63 KB

सम्बन्धित खबर

/frontend/images/redline.png