मङ्गलबार, ०९ असार २०८३

/frontend/images/redline.png
आकांक्षा धामी
आकांक्षा धामी
प्रकाशित मितिः मङ्गलबार, २५ मंसिर २०८१

स्वरूप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

https://jawaaf.com/storage/01JER1GECHCWQHGHAFG5FYFXN7.jpg

काठमाडौँ । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रूपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक् महत्व छ । राजा त्रिभुवनले उद्घाटन गरेको कलेजको संरचना २०७२ सालमा आएको भूकम्पले तहसनहस बनाएको थियो । पुरातात्त्विक र मौलिक सम्पदाका रूपमा परिचित कलेज ढिलागरी पुनर्निर्माणको चरणमा छ । यतिबेला त्रिचन्द्रका क्षतिग्रस्त भवनहरूको प्रबलीकरण भइरहेको छ । 

Photo (4).jpg 114.07 KB

०७२ सालमा आएको भूकम्पले क्षतिग्रस्त बनाएको क्याम्पस अबको आठ देखि १० महिना सम्ममा पुनर्निर्माणको काम सम्पन्न गर्नेगरी काम भइरहेको छ । १९७५ भदौ १२ मा स्थापना भएको उक्त कलेज भूकम्पले क्षतिग्रस्त भएको थियो ।

२०७८ सालमा ३६ करोड ४० लाख ३८ हजार २ सय ८६ रुपैयाँ बजेटमा पुनर्निर्माणको जिम्मा लिएको न्यू टेक्निकल इन्फा प्राइभेट लिमिटेडले अबको आठ देखि नौं महिनाभित्र भवन पुनर्निर्माण सम्पन्न हुने गरि काम गरिरहेको इन्जिनियर शुसिल थापाले बताए । अहिले क्याम्पसको पुनर्निर्माणको काम ७० प्रतिशत सकिएको उनले बताए ।

MIC (1).gif 172.09 KB

उनले भने, ‘पुनर्निर्माणको समयसीमा पुस २ गते सकिँदैछ । तर अबको आठदेखि १० महिनाभित्र क्याम्पसको भवन निमार्णको कार्य सकिनेछ । नयाँ कार्यहरू गर्दै जाँदा फाउण्डेसन देखि लिएर रिभाइज गर्दै जानुपर्ने हुन्छ । घण्टाघर र त्रिचन्द्र क्याम्पस आफैँमा एउटा सेपरेट हुनुपर्ने भनेर डिजाइन भएको थियो । पहिलाकै डिजाइनमा काम गर्दै जाँदा बिल्डिङको पुरानो संरचनालाई पुनः डिजाइन गर्नुपर्यो ।’

Photo (16).jpg 99.37 KB

साथै उनले ग्राउण्ड फ्लोर भन्दा माथिको हकमा अहिले घण्टाघरलाई रेड्रोफिट गर्नको लागि एक हप्ता अगाडि मात्र रि–डिजाइनले मान्यता पाएको बताए । साथै इन्जिनियर थापाले पुरानै डिजाइनमा कलेज पुनर्निर्माण भइरहेको बताए । 

पछिल्लो समय भवनमा पूरै काम थपिएको छ । समय अवधिमा निर्माण हुन नसक्दा सबैभन्दा बढी विद्यार्थीहरूको पढाइमा असर परिरहेको थापाको भनाइ छ । उनले कलेजमा कक्षाकोठा सञ्चालन गर्नको लागि कलेज प्रशासनलाई समेत असर परिरहेको बताए ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

उनले भने, ‘पछिल्लो समय भवनमा हवासको पूरै काम थपिएको छ । समय अवधिमा निर्माण हुन नसक्दा सबैभन्दा बढी विद्यार्थीहरूको पढाइमा असर परिरहेको छ । कलेजमा कक्षाकोठा सञ्चालन गर्नको लागि कलेज प्रशासनलाई समेत हम्मेहम्मे परिरहेको अवस्था छ । तर निर्माणको काम गर्दै जाँदा विभिन्न कारणले डिजाइनहरू रिभाइज हुन्छन् । पुनर्निर्माण गर्दा नयाँ बिल्डिङ बनाएजस्तो सजिलो हुँदैन । हरेक कुराहरू स्टेबबाइ स्टेब गर्नुँपर्छ । नयाँ कुराको फड्को मार्दै जानुपर्छ । त्यस कारणले लगभग ७० प्रतिशत मात्र काम गर्न सफल भएका छौँ ।’

Photo (11).jpg 131.51 KB

उनले फलामको कामहरूमा बढी समय लागेको बताए । उनले बिचमा धेरै बाधाहरू आएकाले पनि काम समयमै गर्न नसकिएको बताए । साथै कलेज जस्तो संवेदनशील विषयमा कुनै निकाय र संस्थाले ढिलो गर्छु भनेर गर्ने काम यो नभएको बताए । उनले जति पनि रेट्रोफिट भएका बिल्डिङहरु समयमै निर्माण अहिलेको अवस्थामा गाह्रो भएको बताए ।

साथै पुनर्निर्माणका क्रममा क्याम्पसमा कुनैपनि डिजाइन परिवर्तन नहुने बताए । उनले पूरानै डिजाइनमा क्याम्पसको पुनर्निर्माणको काम सम्पन्न गरिने बताए ।

Pathivara.gif 82.25 KB

१२ भदौ १९७५ मा स्थापना भएको त्रिचन्द्र क्याम्पस जसको पुरानो नाम त्रिभुवन–चन्द्र कलेज हो । त्रिभुवन–चन्द्र कलेज नाम जुराएर १२ भदौ १९७५ मा कलेज स्थापना भएको थियो ।

२७ असोज १९७६ मा राजा त्रिभुवनले उद्घाटन गरिएको क्याम्पस १९८१ मा आइपुग्दा नयाँ नाम त्रिचन्द्र बहुमुखी क्याम्पस हुन पुगेको जानकारहरू बताउँछन् । 

क्याम्पसका क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण चाँडो हुनुपरेपनि बजेट ढिला आउँदा काम सुस्त भएको विद्यार्थीहरूको भनाइ छ । विडम्बना, त्रिचन्द्र सधैँ उपेक्षित भयो ।

एक शताब्दी इतिहास बोकेको नेपालमा उच्च शिक्षाको पहिलो प्रतिष्ठानका रूपमा रहेको क्याम्पसबाट प्रधानमन्त्री, मन्त्री, शासक प्रशासक साथै लब्धप्रतिष्ठित व्यक्तिहरू उत्पादन भइसकेका छन् ।

Photo (10).jpg 117.92 KB

वरिष्ठ चिकित्सक डा.मधु घिमिरेको अगुवाइमा त्रिचन्द्रलाई पनि ‘एकाडेमिक भिलेज’का रूपमा विकास गर्ने अभियान सुरु गरिएपनि पूरा हुन सकेको छैन् । भवनको मौलिकता र पुरातात्त्विक सौन्दर्ययता साथै भव्यतालाई जोगाउँदै नयाँ संरचना निर्माण गर्दै शैक्षिक हबका रूपमा विकास गर्ने पूर्व विद्यार्थीको अभियान सुस्ताएको छ ।

त्रिचन्द्रको आरम्भलाई नेपाली समाजमा आधुनिक चेतनाको उद्घोष विन्दु मानिन्छ । क्याम्पसमा हाल १२ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । 

एक शताब्दीअघि भारतको पटना विश्वविद्यालयबाट सम्बन्धन लिएर उच्च शिक्षाको सुरुवात गरिएको क्याम्पस १९७६ मा तत्कालीन राजा त्रिभुवनले चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर गरिएको थियो । करिब १४ महिना लगाएर ढुङ्गा, इँटा, चुना, सुर्ती, काठ, फलाम जस्ता सामग्री प्रयोग गरी क्याम्पसको निर्माण गरिएको भनाइ छ । 

भूतपूर्व विद्यार्थीहरूको अगुवाइमा त्रिचन्द्र बचाउने अभियानको थालनी भएको थियो । डा.मृगेन्द्रराज पाण्डे, डा.मधु घिमिरे, केदारभक्त माथेमा, प्राडा आमोदमणि दिक्षित, सुरेशराज चालिसे, प्रकाशचन्द्र लोहनी, बसन्त लोहनी, दमननाथ ढुंगाना, ज्ञानेन्द्रराज तुलाधर, किशोर नेपाल, किशोर थापालगायतले मास्टरप्लान बनाएर इतिहास जगेर्ना गर्नुपर्ने दबाब बढाउँदै आइरहेका छन् । 

baba_education.gif 870.63 KB

सम्बन्धित खबर

/frontend/images/redline.png