बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, २६ मंसिर २०८१

बुधवारको विदेशी मुद्राको विनिमय दर कति ?

https://jawaaf.com/storage/01JESQ894V05C9BBZ2AF8QQ9RV.jpg

काठमाडौँ  I नेपाल राष्ट्र बैँकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनार र ओमनि रियालको मूल्य बढेको छ । यस्तै, युरोपियन युरो, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ।

Pathivara.gif 82.25 KB

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ३६ रूपैयाँ ०७ पैसा निर्धारण भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ३२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ८९ र बिक्रीदर एक सय ७३ रूपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६५ पैसा तोकिएको छ ।

baba_education.gif 870.63 KB

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ६५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ९६ रूपैयाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ ०४ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।

Bantawa_Hardware.gif 563.38 KB

त्यस्तै,जापानी येन १० को खरिददर ८ रूपैयाँ ९३ पैसा र बिक्रीदर ८ रूपैयाँ ९७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा र बिक्रीदर १८ रूपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रूपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा कायम गरिएको छ ।

Planning_Consultancy.gif 1.45 MB

सम्बन्धित खबर

/frontend/images/redline.png