आजको मौसम : देशभरको मौसम सफा रहने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ ।
तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ ।
आज दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ भने राति मौसम सफा रहने छ ।
शनिवार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उ•यनमा क्षणिक असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
सम्बन्धित खबर

