आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, २८ मंसिर २०८१

पत्रकार महासङ्घको निर्वाचन आज हुँदै

https://jawaaf.com/storage/01JEYZMEYMXDSQRWZMDD69PM9V.jpg

Pathivara.gif 82.25 KB

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन आज हुँदै छ । आज शुक्रवार हुने निर्वाचनमा आगामी तीन वर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा छन् ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट शर्माले उम्मेदवारी दिएकी हुन भने विष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समूहबाट उम्मेदवारी दिएका छन् । त्यस्तै देवीप्रसाद सापकोटा स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा छन् ।

MIC (1).gif 172.09 KB

यसैगरी, वरिष्ठ उपाध्यक्षका लागी युनियन र चौतारीबाट दीपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसबाट रोशन पुरी मुख्य प्रतिस्पर्धी हुन् । 

महिला उपाध्यक्षमा नीत पौडेल र गंगा बराल पौडेल मैदानमा छन् भने समावेशी उपाध्यक्षमा उमेशचन्द्र बागचन्द, मोहन सिंह र सुवास साह बिच मुख्य प्रतिस्पर्धा हुने ।

यस्तै, महासचिवमा चौतारी र युनियनबाट रामप्रसाद दाहाल, सेन्टर र समाजवादीबाट लेखनाथ न्यौपाने र स्वतन्त्र उम्मेदवारको रूपमा जन्मदेव जैसी छन् ।

baba_education.gif 870.63 KB

सम्बन्धित खबर

/frontend/images/redline.png