आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
दान बहादुर बुढा
दान बहादुर बुढा
प्रकाशित मितिः शुक्रबार, २८ मंसिर २०८१

रारामा चहलपहल बढेसँगै घोडा व्यवसायीहरू उत्साहित

https://jawaaf.com/storage/01JEZ20TR3DCZCQRS95EXQVP1C.jpg

२८ मंसिर,मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल नेपाली भाषाको उद्गम स्थल जुम्ला जिल्लाको कनका सुन्दरी सिन्जा हुँदै नेपालको ठूलो र गहिरो रारा ताल सम्मको हवाई र सडकको दिन प्रति दिन सुधार हुदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । 

बर्खा समय सकिए पछि खुल्ला मौसम खुले सँगै रारा तालका सप्तरङ्गी दृश्य हेर्ने ,घुम्ने,अध्यायन अनुसन्धान गर्न सजिलो सिजन सुरु भएको हो । रारामा रहेका घोडा व्यवसाय सञ्चालन गदै आएका स्थानियहरूले राम्रो आम्दानीको स्रोत पाएका छन ।

MIC (1).gif 172.09 KB

बिगतका बर्षहरू भन्दा पछिल्ला बर्षहरूमा कर्णाली राजमार्गको सडक निमार्ण कार्यमा दैनिक सुधार हुँदै जान थाले पछि कर्णाली प्रदेश लगाएत देशका मुख्य सहर पोखरा, काठमाडौँ, नेपालगन्ज, विराटनगर, चितवन,लगायतका ठाउँबाट नेपाली भाषाको उद्गम थलो जुम्लाको कनका सुन्दरी हुदै रारा आउने पर्यटकहरू बढी रहेका भए पनि दशै तिहार सकिए पछि रारामा दैनिक ,४०,५० जना सम्म स्थानीय पर्यटक रारा घुम्न आउने गरेका छन् । 

Pathivara.gif 82.25 KB

रारा पुग्ने पर्यटकहरूको सहज र घोडा चडाएर रारा तालको विभिन्न स्थान सम्म पुर्‍याउनुको लागी पछिल्लो समयमा घोडा व्यवसाय संघ गठन गरिएका छन । पालै पाले गरेर पर्यटकहरूलाई रारा घुमाउने गरेका छौँ । दैनिक २,३ हजार आम्दानी हुने गरेको छ । विदेश ,भारतका विभिन्न गल्लीहरूमा काम गर्नु भन्दा पनि आफ्नै देश जिल्ला र राराको पर्यटनको प्रचार प्रचार गर्ने घर खर्चचलाउर्ने गरेको घोडा व्यवसायी जीवन रावलले बताएका छन ।

Photo3.jpg 685.95 KB

रारा घुम्न आएका पर्यटकहरूलाई सल्लेरीबाट रारा,ताल,हुटु,मुर्माटप,महादेव मन्दिर लगाएतका विभिन्न स्थान सम्म घुमाउने गरेका छौँ । घोडा व्यवसाय समितिको निर्णय अनुसार पालै पालो गरेर जार्ने गरेका छौँ । आज अलि चिसो समय सुरु हुन थाले पछि रारा घुम्न आउने पर्यटकहरूको सङ्ख्या घट्दै जान थालेको छ । तर हिजो आज मौसम निकै सफा भएको हुनाले रारातालको पुरै दृश्य देखीले भएको हुनाले रारा घुम्न आएका पर्यटकहरू निकै तालको किनारमा फोटो खिच्ने टिकटक बनाउनमा बढी व्यस्त हुने ,घोडा चडेर फोटोलिने गर्दा दैनिक १हजार देखी २हजार सम्म आम्दानी हुने गरेको घोडाचालक रबिन्द्र कार्मिले बताएका छन ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

रारा घुम्न आउने पर्यटकहरूको सहजताको लागी विभिन्न घोडा ब्यवसायहरू गठन गरेका छन । यी नियमहरूलाई रारा आउर्ने पर्यटकहरूलाई एक ठाउँ बाट अर्को ठाउँमा पुरयाउने काम गरेका छ । यी घोडा ब्यवसायहरूको दैनिक आम्दानी बढाउर्ने र पर्यटकहरूमा कसरी ब्याहार गर्ने भन्ने हिसाबले कार्यालयले घोडा ब्यवसायहरूको थप सहज र स्थानीय घोडा चालकको आम्दानीको राम्रो स्रोत बनाउनको लागी निती ऐन कानुन निमार्ण गर्न लागेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले तयार गर्न लागेको कार्यालय प्रमुख महोश न्यौपानेले बताएका छन । 

Bantawa_Hardware.gif 563.38 KB

पछिल्लो समय राराको पुरै दृश्य हेर्न को लागी मुर्माटप पनि आन्तरिक पर्यटकको रोजाइमा परेको छ । रारा आएका पर्यटक घोडा चढेर मुर्माटप पुग्य पछि त्यहाँबाट सैपाल हिमाल, छायानाथ ,चंखेली हिमाल,चुचेमारा हिमाल अन्य धार्मिक तीर्थस्थलसहित बाजुरा,हुम्ला,जुम्ला,बाजुरा,अछाम,लगाइत ७ जिल्लाको अवलोकन सहित गरेर फर्किन्छन । पर्यटकको रोजाइमा मुर्माटप परेपछि पर्यटकको सुविधाका लागि रारा इको रिसोर्ट सञ्चालनमा आएको छ । 

सम्बन्धित खबर

/frontend/images/redline.png