आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, २९ मंसिर २०८१

काठमाडौं महानगरपालिका ७७ वटै जिल्लाबाट आउने नागरिकहरुका लागि राजधानी बन्न सकोस् : मेयर शाह

https://jawaaf.com/storage/01JF22G643JYZRK3ACF9NXEGMW.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौँको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो । 

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

दिवस मनाउँदै काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले काठमाडौँ  महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले  काठमाडौँ महानगरपालिकाको  सुशासन र  व्यवस्थापनलाई सुदृढ बनाउने सबैमा कृतज्ञता व्यक्त गरेका हुन् ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

उनले भने, ‘ आज यो ३० औँ महानगर दिवस मेरो लागि धन्यवादको दिवस हो । महानगरले दिने सेवा, काम कर्तव्यको बारेमा  सबैले सहयोग पुर्‍याउनु भएको छ । महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाइदिनु हुने सम्पूर्ण सरसफाइ कर्मचारिहरूलाई धन्यवाद दिन चाहन्छु । काठमाडौँ महानगरपालिकाको  सुशासन र  व्यवस्थापनलाई सुदृढ बनाइदिनु हुने नगर प्रहरी साथीहरूलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु ।  काठमाडौँ महानगरको विभिन्न विभाग शाखामा कार्यरत सबैलाई धन्यवाद दिन चाहन्छु । सबैले महानगरको लागि शिक्षा,स्वास्थ्य , सम्पदा र विविध विभिन्न क्षेत्रमा आफ्नो योगदान दिनु भएको छ ।’

Bantawa_Hardware.gif 563.38 KB

साथै  उनले यो  महानगरपालिका आफैँमा राजधानी भएको बताए । उनले राजधानी बासीका लागि मात्र नभएर यो  महानगरपालिका ७७ वटै जिल्लाबाट आउने सम्पूर्ण नागरिकहरूको आफ्नो राजधानी बन्न सकोस् भनेर शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

/frontend/images/redline.png