बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, ०१ पुस २०८१

पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो

https://jawaaf.com/storage/01JF6J61RJN13DTMP8DBH0BMR4.jpg

काठमाडौँ । नेपाल आयल निगमले आज सोमवार देखी पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

Pathivara.gif 82.25 KB

यस्तै डिजेल र मट्‍टीतेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ ।  योसँगै आइतवार भएको निगम सञ्चालक समितिको निर्णयअनुसार आजदेखि काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ । यी क्षेत्रमा डिजेल र मट्‍टीतेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्‍टीतेल १५० रुपैयाँ कायम भएको छ । बाँकी क्षेत्रमा पेट्रोल १५९.५० रुपैयाँ र डिजेल मट्‍टीतेल १४८.५० रुपैयाँ पर्ने निगमले जनाएको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

सम्बन्धित खबर

/frontend/images/redline.png