शुक्रबार, २२ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, ०४ पुस २०८१

नागरिकताबारे संविधानका धारा नै विभेदपूर्ण लाग्छन् : रेखा शर्मा

https://jawaaf.com/storage/01JFFF081RBACP3HDDRH2F6NDS.jpg

काठमाडौँ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानूनका कुराहरू उठाउँदा धेरैबाट अपमानित हुनु परेको बताएकी  छिन् । बिहीबार ‘संविधान संशोधनमा नागरिकताको मुद्दा’ विषयक कार्यक्रममा बोल्दै उनले समानताका दृष्टिकोणले सबैभन्दा विभेदपूर्ण धारा भनेको नै नागरिकताको प्रावधान भएको बताएकी हुन् ।

Photo (1).jpg 677.82 KB

उनले भने, ‘नेताहरूको पितृसत्तात्मक दृष्टि कस्तो छ भनेर नजिकबाट बुझेको छु । नागरिकताको विषयमा कुरा गर्दा नै  रक्त अशुद्धता हुन्छ भन्छन् । रक्त अशुद्धताका र शुद्धताका कुरा धेरै सुन्यौँ । विदेशीसँग विवाह गरेकी  महिलाबाट जन्मेको सन्तानको रगत शुद्ध हुँदैन भन्ने भाष्य धेरै सुनेको छु । समानताका दृष्टिकोणले हेर्दा सबैभन्दा विभेदपूर्ण धारा भनेको नै नागरिकताको प्रावधान छ । तर यसको विषयमा कुरा गर्दा धेरै चोटी अपमानित भएका समेत छौँ ।’

Planning_Consultancy.gif 1.45 MB

साथै उनले हरेक कुरामा महिला पुरुषबिच समानता हुनुपर्ने बताइन् । उनले विगतको भन्दा अहिलेको संविधान उत्कृष्ट भएको बताइन् ।

यसैगरी शर्माले संविधानमा नागरिकताको  विषयमा समस्या छ भन्ने कुरामा हामी कोही पनि असहमत नभएको जिकिर गरिन् ।

Pathivara.gif 82.25 KB


 

सम्बन्धित खबर

/frontend/images/redline.png