आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, ०६ पुस २०८१

धरानमा पाँच दिन धरान डे उत्सव हुने

https://jawaaf.com/storage/01JFKVNF1QBPR2BV92D47074NF.jpg

धरान l धरानमा यही पुस २० गतेदेखि पाँच दिने धरान डे उत्सव हुने भएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले शुक्रवार पत्रकार सम्मेलन गर्दै पुस २० गतेदेखि २४ गते सम्म धरान डे उत्सव आयोजना गर्ने जानकारी गराएको हो। 

Pathivara.gif 82.25 KB

धरान डेको विशेष दिन पुस २० गते स्थानीय विदा पनि दिइने उपमहानगरपालिकाले जनाएको छ । धरान डे उत्सव आयोजना गर्न मेयर हर्क साम्पाङ्ग संयोजक र उपमेयर अइन्द्रबिक्रम बेघा सहसंयोजक रहेको मूल समारोह समिति र विभिन्न उपसमितिहरू गठन गरिएको कार्यपालिका सदस्य तथा प्रचारप्रसार समिति संयोजक दिनेश गजमेरले जानकारी दिनुभयो ।

baba_education.gif 870.63 KB

धरान डे उत्सव धरान १६ स्थित रङ्गशालाको दक्षिण पट्टीको खाली मैदानमा आयोजना हुनेछ । धरान डे अवसरमा ५ दिन सम्म विभिन्न सांस्कृतिक, खेलकुद, मनोरञ्जनात्मक तथा साहित्यिक, साङ्गीतिक कार्यक्रमहरू आयोजना गरि बनाईने प्रचार संयोजक गजमेरले जानकारी दिए । यस्तै, उत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रदर्शनी तथा बिक्री स्टलहरू पनि राखिनेछ । 

Bantawa_Hardware.gif 563.38 KB

मेयर साम्पाङका अनुसार पुस २४ गतेसम्म उपमहानगरपालिकाले धरान डे मनाउनेछ भने त्यसपछि सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान एक्स्पो कार्यक्रम गर्ने सहमति भएको छ । धरान एक्स्पोबारे संघले अलग्गै पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ । 

धरान डे आयोजना अवधिभर विगतमा जस्तै प्रवेश निःशुल्क हुने र स्थानीय, घरेलु उत्पादनहरूको प्रदर्शनी तथा बिक्रीलाई प्राथमिकता दिइने उनले बताए । उक्त कार्यक्रम नगरवासीलाई मनोरञ्जन दिलाउने उद्देश्य रहेको उनको भनाई थियो ।

Furniture House.gif 947.74 KB

पुस २० गते धरान उत्सव उद्घाटन कार्यक्रम हुनेछ । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिनेछ । साँझमा सांस्कृतिक प्रस्तुति हुनेछ । 

पुस २१ गते बिहान ८ बजे देखि साइक्लिङ हुनेछ भने दिउँसो इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १ र साहित्यिक कार्यक्रम पनि हुनेछ । पुस २२ गते पनि इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १ र लोक जुहारी कार्यक्रम हुनेछ भने पुष २३ गते बिहान वाकाथुन, दिउँसो इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १, रस्सि तान र छेलो हान्ने प्रतियोगिता पनि आयोजना हुनेछ ।

अन्तिम दिन पुष २४ गते बिहान श्रमदाता र्‍याली हुनेछ भने दिउँसो सांस्कृतिक झाँकी प्रस्तुति, प्रशंसा पत्र वितरण र धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन हुने छ।

Chicken_Meat_Shop.gif 1.4 MB

सम्बन्धित खबर

/frontend/images/redline.png