आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ०७ पुस २०८१

चितवनका चार वडामा रास्वपाको अधिवेशन सम्पन्न

https://jawaaf.com/storage/01JFP3WH9TS34EF35V11QE889Y.jpg

Pathivara.gif 82.25 KB

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले संगठन विस्तारलाई तीव्रता दिँदै जिल्लाका चार वडामा अधिवेशन सम्पन्न गरेको छ। खैरहनी नगरपालिका वडा नम्बर ९, कालिका नगरपालिका वडा नम्बर १०, र इच्छाकामना गाउँपालिका वडा नम्बर ३ र ४ मा अधिवेशन सम्पन्न भएको रास्वपा चितवन जिल्ला सचिव विशाल कोइरालाले जानकारी दिए ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

अधिवेशनले खैरहनी नगरपालिका वडा नम्बर ९ मा निकेश महतोलाई सर्वसम्मत रूपमा सभापतिको जिम्मेवारी दिएको छ। त्यस्तै, कालिका नगरपालिका वडा नम्बर १० मा दुर्गालाल तामाङ सभापतिमा चयन भएका छन्। इच्छाकामना गाउँपालिका वडा नम्बर ३ मा कुसुम गुरुङ र वडा नम्बर ४ मा ताराबहादुर थापाको नेतृत्वमा ११ सदस्यीय वडा कार्यसमिति गठन भएको कोइरालाले जानकारी दिए ।

Furniture House.gif 947.74 KB

पार्टीले अधिवेशनमार्फत स्थानीय तहमा आफ्नो उपस्थिति थप मजबुत बनाउने लक्ष्य राखेको छ। रास्वपाले पुस महिनाभित्रै जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न गर्ने योजना बनाएको छ। रास्वपाको उद्देश्य संगठन विस्तार र निर्माणलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै स्थानीय जनताको सेवामा केन्द्रित हुने रहेको जिल्ला अध्यक्ष कृष्ण भुषालले बताए ।

Chicken_Meat_Shop.gif 1.4 MB

सम्बन्धित खबर

/frontend/images/redline.png