थम राष्ट्रिय खुला ताइक्वान्दो प्रतियोगिताको उपाधि बुटबल ताइक्वान्दो डोजाङ्गलाई
भरतपुर । चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय खुला ताइक्वान्दो प्रतियोगिता २०२४ को उपाधि बुटबल ताइक्वान्दो डोजाङ्गले जितेको छ । जसले ५ स्वर्ण, १ रजत र १ कास्य सहित उपाधि सगैँ ५० हजार रुपैयाँ नगद पुरस्कार सहित शिल्ड प्रमाणपत्र समेत प्राप्त गर्दै प्रथम भएको हो ।
भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा चितवनको खैरेनी तेक्वान्दो डोजाङ्ग दोश्रो हुन सफल भएको भरतपुर महानगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो । जसले ४ स्वर्ण, ५ रजत र ३ कास्य सहित दोस्रो हुदै नगर ३० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाणपत्र समेत प्राप्त गर्न सफल भएको थियो ।
यसैगरि प्रतियोगितामा श्री नेत्रदय ताइक्वान्दो डोजाङ्ग बारा तेस्रो स्थान हात पार्न सफल भयो । जसले ४ स्वर्ण, १ रजत र २ कास्य सहित तेस्रो हुदै २० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाणपत्र पाएको थियो भने उत्कृष्ट निर्णयक तर्फ ललितपुर घर भएका राजनकुमार श्रेष्ठ, उत्कृष्ट पुरुष खेलाडीमा चितवन घर भएका अभिषेक गिरी र उत्कृष्ट महिला खेलाडीमा बुटबल घर भएकी अञ्जली चौधरी घोषित भएको थिए । भने उनीहरूले नगद ५/५ हजार रुपैयाँ पुरस्कार सहित शिल्ड प्रमाणपत्र पाउन सफल भएका थिए I खेलाडीहरुलाई भरतपुर महानगरकी मेयर रेनु दाहालले पुरस्कार प्रदान गरेकी थिइन् ।
गएको पुस ४ गते देखि पुस ६ गते शनिवार सम्म सञ्चालित प्रतियोगितामा देशभरका ४० बढी जिल्लाबाट ७ सय १० जना खेलाडी सहभागी भएको प्रतियोगिताका निर्णायक योगेश कवर योगीले जानकारी गराए ।
सो अवसरमा बोल्दै मेयर रेनु दाहालले खेल विकासमा भरतपुरको इतिहासमा नयाँ रेर्कड कायम भएको बताइन् । उनले महानगरले खेलकुदको विकासका लागि विभिन्न गतिविधिहरूलाई निरन्तरता दिदै भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणाधीन, एक वडा एक खेल मैदान निर्माण, कभर्डहल निर्माण लगायतका कामले सबैको ध्यान तानेको बताईन् ।
भरतपुर महानगरले दक्ष खेलाडी उत्पादन गर्नका लागि विद्यालय तहबाटै खेलकुदका गतिविधि सगैँ खेलकुदको पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको स्पष्ट पारिन् ।
प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।
पुरुष र महिलतर्फ १० वटा विधामा खेल भएको थियो भने क्यारोगी (फाइट) तर्फ ३० वटा स्वर्णपदकका लागि प्रतिस्पर्धा भएको थियो ।
सम्बन्धित खबर



