शनिबार, २३ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, ०८ पुस २०८१

सँगै दीक्षित हुने तयारीमा आमा–छोरा

https://jawaaf.com/storage/01JFSPQ1RV9P1FD96T6BWEFWCM.jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहको तयारी गरिरहेको छ । यही पुस १३ गते हुने दीक्षान्त समारोहका लागि आवेदन दिएका विद्यार्थीहरू आवश्यक पर्ने गाउन, स्कार्फ र टोपीको जोहो गर्न व्यस्त छन् ।

baba_education.gif 870.63 KB

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरूले आवेदन फाराम भरेका आधारमा पोसाकको जोहो गरिरहेका छन् । यसै सिलसिलामा सँगै दीक्षित हुने तयारीमा रहेका आमा र छोराले खुसी साटेका छन् ।

Pathivara.gif 82.25 KB

उमेरले ५० नाघेकी लक्ष्मी पौडेल क्षेत्री(सिलवाल)र छोरा अभिनव सिलवाल एकसाथ दीक्षित हुने तयारी गरिरहेको सुनाए । ‘म अहिले ५० नाघिसकेँ । ललितपुरको नमूना मछिन्द्र कलेजबाट प्लसटू र स्नातक पनि त्यहीबाट पास गरेको हुँ । पढाइ छाडेको २० वर्ष भयो । घर परिवार र जिम्मेवारीले गर्दा पढ्न पाएको थिएन । तर अचानक पढाई पूरा गर्ने सोच अनुसार हाललाई त्यो पूरा गरेको छु । र दीक्षान्तको तयारीमा छु,’ उनले भनिन्, ‘मैँले मेरा बच्चाहरूसँगै बसेर पढेँ । परिवारको साथ र सहयोगले पढाइ पुरा गरेर दीक्षित हुने रहर लागेको हो ।’

Bantawa_Hardware.gif 563.38 KB

‘म अहिले औधी खुसी छु । पढाइको यात्रा अहिलेलाई पूरा गरेको छु । मलाई मेरो परिवारबाट पनि धेरै साथ थियो त्यही भएर पनि म आज यहाँ छु । गाउन लगाएर छोरासँगै दीक्षित हुने रहर पूरा गर्दैछु,’ उनले भनिन् ।

छोरा अभिनव सिलवालले आफ्नी आमासँगै पढाई पूरा गरेर दीक्षित हुने तयारी गर्न पाउँदा खुसी लागेको सुनाए ।  ‘यो मेरा लागि खुसीको पल हो । आमालाई अझै पढ्नु पर्छ भन्न चाहन्छु,’ उनले भने ।

Furniture House.gif 947.74 KB

सम्बन्धित खबर

/frontend/images/redline.png