आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, ०९ पुस २०८१

जेसीजको अध्यक्षमा थापा निर्वाचित

https://jawaaf.com/storage/01JFVAF1ZB5DSC3FWK0QB7M20V.jpg

AS.gif 486.54 KB

इटहरी। नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छिन् । इटहरीमा सम्पन्न ५१औं महाधिवेशनबाट अर्का प्रतिस्पर्धी जीवन कार्कीलाई हराउँदै थापा निर्वाचित भएकी हुन् ।

Pathivara.gif 82.25 KB

थापाले ७६२ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कार्की ४५३ मतमा सीमित रहे । यसअघि थापा जेसीज वर्ष २०२४ का अध्यक्ष रबिन केसीसँग पराजीत भएकी थिईन् । यस्तै जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा, र सौरभ श्रेष्ठ निर्वाचित भए ।

baba_education.gif 870.63 KB

यस्तै, उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, सुमित्रा भट्टराई, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् । मनोहरा जेसीजकी संस्थापक अध्यक्ष रहेकी उनी यसअघि विभिन्न क्षेत्रमा नेतृत्व गरिसकेकी छन् ।

Bantawa_Hardware.gif 563.38 KB

नेपाल जेसीजको २१ सदस्यीय कार्य समितिमा (१७ जना निर्वाचित) एक अध्यक्ष, चार कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने तीन जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

Chicken_Meat_Shop.gif 1.4 MB

सम्बन्धित खबर

/frontend/images/redline.png