बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, १८ वैशाख २०८१

जसपाको केन्द्रीय निर्वाचन समिति गठन

https://jawaaf.com/storage/01HWQ8Y24A2TEQFVWY552KYV0X.webp

१८ वैशाख, काठमाडौँ  I  जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय निर्वाचन तदर्थ समिति गठन गरेको छ । केन्द्रीय कार्यकारिणी समितिले दिएको अधिकार बमोजिम अधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा पाँच सदस्यीय सो समिति गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो समितिका सदस्यमा मनोजकुमार बर्मा, भुवनेश्वर चौधरी, आशा राई र देवनारायण यादव चयन हुनुभएको छ । पार्टीले तयार गरेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाले स्वच्छ, निष्पक्ष तथा पारदर्शी ढङ्गले निर्वाचन गर्न गराउन आवश्यकता अनुसार केन्द्रमा केन्द्रीय निर्वाचन तदर्थ समिति तथा प्रदेशमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गर्ने व्यवस्था गरेको छ । सोही प्रावधान बमोजिम उक्त समिति गठन गरिएको हो । 

केन्द्रीय निर्वाचन समितिले पार्टीको विधान तथा निर्देशिका अनुसार राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको निर्वाचन प्रक्रिया अघि बढाउन प्रदेशका निर्वाचन तदर्थ समितिसँग समन्वय गर्ने पनि बस्नेतले जानकारी गराउनुभयो । 

सम्बन्धित खबर

/frontend/images/redline.png