आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, ११ पुस २०८१

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

https://jawaaf.com/storage/01JG0CVVAS7B4RYWSQ65MCTWTM.jpg

काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ ।

Greeting_1.gif 352.16 KB

त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

Pathivara.gif 82.25 KB

त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बाउन्नौँ बैठक सङ्‍घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा मुख्य-प्रमुख सचेतक र सचेतकहरूसँग छलफल हुनेछ । 

यसैगरी दिउँसो १ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ ।

Greeting_2.gif 353.07 KB

सम्बन्धित खबर

/frontend/images/redline.png