आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, ११ पुस २०८१

सुनको मूल्य बढ्दा चाँदीको भाउ स्थिर

https://jawaaf.com/storage/01JG0P24TK205KNCSZNMHA7878.jpg

काठमाडौं । नेपाली  बजारमा बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  आज छापावाला सुन  तोलामा ६ सय रुपैयाँले बढेको हो । 

सुन आज तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।   

   

सम्बन्धित खबर

/frontend/images/redline.png