शुक्रबार, २२ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, १२ पुस २०८१

दुई तिहाइको सरकारले जनतालाई झुटो आश्वासन बाँड्यो : बालेन

https://jawaaf.com/storage/01JG3QJEVFZ7MM62TXP7PF915B.png

काठमाडौँ  I काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह(बालेन)ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताएका छन् । 

शुक्रवार काठमाडौँमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५० औं वर्ष देखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रकृयामा छ भनेर झुटो आश्वासन मात्र देखाएको बताए । 

MIC (1).gif 172.09 KB

उनले भने,‘५० औं वर्ष देखि जग्गाको समस्या समाधान भएको छैन् । त्यही कारण मुआब्जा प्राप्त भएको छैन् । यसपालि त बहुमत भएको दुई तिहाइको सरकार छ । त्यही पनि केही गरेको छैन् । कोही नेताले तपाईंहरूको काम प्रकृयामा छ । काम हुँदैछ भनेर आश्वासन दिन आउनुभएको छ भने नपत्याउनु होला । कुनै प्रोसेस भएको छैन् । केही काम भएको छैन् ।’

Pathivara.gif 82.25 KB

उनले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै अहिले सरकारमा प्रधानमन्त्री, गृहमन्त्री देखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम भएन भने कहिल्यै नहुने बताए । 

उनले भने,‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ । यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन् । अहिलेको दुई तिहाइको सरकारले चाहेमा जे पनि गर्न सक्छ । गृहमन्त्री आफ्नै ,अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै छ । अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन् ।’

Furniture House.gif 947.74 KB

सम्बन्धित खबर

/frontend/images/redline.png