शनिबार, २३ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १३ पुस २०८१

लामिछानेलाई भेटेपछि डा. केसीले भने : ‘चार हजार सहकारीमा कालो धन छ’

https://jawaaf.com/storage/01JG671S1EEP1R0SSDS1SKT330.jpg

पोखरा । राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले देशभरी रहेका करिब चार हजार सहकारीहरूमा कालो धन लगानी भएको खुलासा गरेका छन् ।

सहकारी ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई भेटे पछि संचारकर्मीहरूसँग कुरा गर्दै डा. केसीले त्यस्तो खुलासा गरेका हुन् । 

Pathivara.gif 82.25 KB

देशभरी रहेका चार हजार सहकारीमा अवैध तरीकाले लगानी भएको खरबौँ रुपियाँको खोजी हुनु पर्नेमा जोड दिदै स्वतन्त्र बुद्धिजीवी केसीले राज्यले त्यतातिर चासो नदिएर रबि लामिछानेको पछि लागेर २८ करोड रुपियाँको खोजीमा  मात्र लागेको टिप्पणी गरे । 

बिगतमा आफूले भनेको रबि लामिछानेले नमानेको गुनासो गर्दै राजनीतिमा लाग्नेहरूले आत्तिन नहुने भएकाले धैर्य गर्न लामिछानेलाई अनुरोध गरे । 

सम्बन्धित खबर

/frontend/images/redline.png