आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, १४ पुस २०८१

दक्षिण कोरियाको विमान स्थलमा जेजु एयरको विमान दुर्घटना, २८ जनाको मृत्यु

https://jawaaf.com/storage/01JG86WHA0PKHXZSJASHEQYR9T.jpg

काठमाडौं । दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरको विमान दुर्घटना भएको छ । थाइल्याण्डको बैंककबाट उडान भरेको जेजु एयरको विमान आइतवार दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

विमान दुर्घटनाले ठूलो जनधनको क्षति पु¥याएको छ । अवतरणका बेला धावनमार्गबाट चिप्लिएर विमान पर्खालमा ठोक्किएको थियो । दुर्घटनामा हालसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने थप क्षतिको सम्भावना रहेको छ । विमानमा १७५ यात्रु र चालक दलका ६ सदस्य थिए ।

अग्नि नियन्त्रक अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त विमानबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ । हाल उद्धार कार्य जारी छ र मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png