आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, १५ पुस २०८१

आज मौन स्नान गरी सोमबारे औँशी मनाइँदै

https://jawaaf.com/storage/01JGAVFQRS43ZCD2RSAE7YV0HS.jpg

काठमाडौँ । आज सोमबारे औँसी । बिहाने देखि मौन स्नान गरी सोमबारे औँसी मनाइँदै छ । आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता रहेको छ । पौष कृष्ण औँसीका दिन आज परे जस्तै सोमबारे औँसी वर्षमा तीनदेखि चार वटासम्म पर्ने गरेको छ ।  

यसरी मौन स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विश्वास छ ।  औँसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमवार औँसी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रूपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँसीलाई पनि विशेष पर्वका रूपमा मनाउने परम्परा छ ।

माता, पिता नहुनेले औँसी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउने पनि गर्दछन् । त्यस्तै बिहानै देखि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png