आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, १५ पुस २०८१

रौतहटमा आगलागी हुँदा २५ घर जलेर नष्ट

https://jawaaf.com/storage/01JGAXGGQKT675CPDW938V3FCK.jpg

काठमाडौँ । रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ भन्दा बढी फुसको घर जलेर नष्ट भएको छ । स्थानीय बाबुलाल हजराको घरमा विद्युत् सर्ट भई आगोबाट हजरा नजिकै रहेको दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथ हजरा सहितका घर पूर्ण रुपमा जलेको छ ।

आगलागी भएको खबर पाउन साथ प्रहरी चौकी ब्रम्ह्पुरी, सशस्त्र प्रहरीको विओपी बेलविछवा र गौर नगरपालिकाको वारुण यन्त्र घटना स्थल पुगेको थियो । आगो मध्यराति लागेका कारण क्षति बढी भएको प्रहरीले अनुमान गरिएको छ । घरमा राती सुतेको बेलामा आगलागी भएकाले सर सामान निकाल्न नपाएको प्रहरीले बताएको छ । 

यद्यपि मानवीय क्षति नभए पनि लता कपडा, अन्न लगायत जलेको प्रहरीले जानकारी दिएको छ । आगो लागि बाट के कति क्षति भएको छ सो को विवरण सकलन भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png