आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, १७ पुस २०८१

भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

https://jawaaf.com/storage/01JGFWE9GKFKQCXYSR5WHDFAJ9.png

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दै छन् । आज बुधवार दिउँसो एक बजे काठमाडौँको कार्की बैन्क्वेटमा रावलले आफ्नो भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि नेता रावल नयाँ पार्टी गठनको तयारीमा जुटेका छन् ।

गत सोमवार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर देशभक्त समाजवादी पार्टी बनाउने प्रस्ताव राखेको स्रोतले जनाएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png