आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, १७ पुस २०८१

गैँडाको आक्रमणबाट एक महिला घाइते

https://jawaaf.com/storage/01JGG4TQ3R1AHDN5MF6KFRXWQT.jpg

मकवानपुर । मकवानपुरको मनहरीमा गैँडाको आक्रमणबाट एक महिला घाइते भएको प्रहरीले जनाएको छ । बुधवार बिहान मनहरी गाउँपालिका ६ लोथर खोला नजिक रहेको लामेदमार मध्यवर्ती सामुदायिक बनमा घास काटन तथा गोबर टिप्न गएकी महिलालाई गैँडाले आक्रमण गरेको हो ।

चितवन राप्ती नगरपालिका १ दुबिचौर घर भएकी अन्दाजी बर्ष ७० की दिलमायाँ स्याङतानलाई गैडाले आक्रमण गरेको र स्थानियहरूले हो हल्ला गरेपछि गैडा जंगल तर्फ भागेको प्रहरीले जनाएको छ ।

घाइते महिलाको हात,शरिर र निधारमा चोट लागेको र उनलाई उपचारको लागी चितवन पठाएको प्रहरीले जनाएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

सम्बन्धित खबर

/frontend/images/redline.png