मङ्गलबार, ०९ असार २०८३

/frontend/images/redline.png
नवराज पथिक
नवराज पथिक
प्रकाशित मितिः शनिबार, २० पुस २०८१

बेवारिसे बन्यो सिन्धुलीगढी दरबार

https://jawaaf.com/storage/01JGR1HDKQYD93GQ8H6CVZAW1S.jpg

रामेछाप । नेपाली वीरगाथा बोकेको सिन्धुलीको सिन्धुलीगढीस्थित गढी (रानी) दरबार संरक्षण नहुँदा बेवारिसे बनेको छ ।  सिन्धुलीको कमलामाई नगरपालिकाले भत्किएको गढी दरबारको पुनर्निर्माण गरेको भएपनि संरक्षण नगर्दा पुनः जीर्ण बन्ने क्रम सुरु भएको छ ।

पुरानो दरबार भत्किएपछि सिन्धुलीको कमलामाई नगरपालिका–३ मा रहेको सिन्धुलीगढी दरबार चार करोड ३८ लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको भए पनि संरक्षण नहुँदा अहिले दरबार भूतबङ्गला जस्तै बनेको छ । 

Pathivara.gif 82.25 KB

दरबारको बाहिर आँगनमा झार पलाएर नेपाली वीरताको गाथालाई नै गिज्याइरहेको छ भने दरबारको संरक्षणको कुनै व्यवस्था नहुँदा दरबार भित्र फोहोरको डङ्गुर थुप्रिएको छ ।

रङ्गरोगन गरिएको दरबारको भित्ता कोरेर कुरूप बनाइएको छ । कतिपय ढोकाहरू फोरिएका छन् भने माथिल्लो तल्लामा जाने भर्‍याङ समेत भत्काइएको छ । 

इतिहासमा उल्लेख भए अनुसार विसं १८२४ मा नेपाल एकीकरणको समयमा कप्तान किनलकको नेतृत्वमा आएको अंग्रेज फौजलाई तत्कालीन गोर्खाली सेनाले सिन्धुलीगढीको युद्धमा पराजित गरेको कारण यो गढीको गौरवशाली इतिहास छ । 

baba_education.gif 870.63 KB

सदरमुकाम सिन्धुली माढीबाट २० किलोमिटर उत्तरमा रहेको सिन्धुलीगढी महाभारत क्षेत्रमा पर्छ । बीपी राजमार्गको सोलाभन्ज्याङस्थित गढी प्रवेशद्वारबाट उत्तरतर्फ सिन्धुलीको ठुलो गढी र रानी दरबार रहेका छन् ।

ठुलो गढीको संरक्षण गरी टिकट लिएर प्रवेश गर्ने व्यवस्था मिलाइएको भए पनि रानी दरबारको भने कुनै संरक्षण गरिएको छैन । जसले गर्दा दरबार बेवारिसे बनेको छ । 

नेपालीको वीरतासँग जोडिएको ऐतिहासिक क्षेत्रको रूप रहेको सिन्धुलीगढी दरबारलाई जोगाइराख्ने हो भने विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सकिने भए पनि त्यस तर्फ सरोकारवालाको ध्यान जान सकेको छैन । 

MIC (1).gif 172.09 KB

पूर्व २ नं क्षेत्रको प्रशासन सञ्चालन गर्ने अड्डाको रूपमा परिचित गढी दरबार तत्कालीन श्री ३ महाराज जङ्गबहादुर राणाका भाइ बमबहादुर राणाका छोरा बमवीर विक्रम राणाले निर्माण गराएको इतिहास छ ।

सिन्धुलीगढी किल्ला नेपाली वीर गोरखालीको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङको टोलीले विसं १८२४ कात्तिक २४ गतेका दिन अङ्ग्रेज फौजलाई परास्त गर्दै इतिहास रच्नु भएको थियो । 

२०२० सालसम्म सिन्धुलीको सदरमुकाम रहेको सिन्धुलीगढीको प्रमुख प्रशासनिक भवन नै गढी दरबार थियो । २०२० सालमा सदरमुकाम सिन्धुलीगढीमा झरेपछि दरबार भग्नावशेष हुने क्रम सुरु भयो ।

संरक्षण नहुँदा दरबार भत्कँदै गयो । माओवादीको सशस्त्र द्वन्द्वको समयमा स्थानीयले दरबारका जस्ता पाताहरू लगेपछि दरबारमा आगो समेत लगायो र भवन पूर्ण रूपमा ध्वस्त भयो । पछि कमलामाई नगरपालिकाको अगुवाइमा दरबारको पुनर्निर्माण गरिएको थियो । 

Furniture House.gif 947.74 KB

सिन्धुली गढीमा नेपालकै पहिलो युद्ध सङ्ग्रहालय निर्माण भई केही वर्षदेखि सञ्चालनमा आएको भए पनि दरबारको भने संरक्षण हुन सकेको छैन । गढी क्षेत्रमा पृथ्वीनारायण शाहको सालिक स्थापना, वनभोज क्षेत्र, घेराबार लगायत काम सकिएका छन् भने नेपाल–अङ्ग्रेज युद्धका क्रममा सेनाको मृत्यु भएको स्थानमा समाधिस्थलको निर्माण गरिएको छ । त्यति गर्दापनि यो दरबारलाई भने अलग्याइको छ । 

सिन्धुलीगढी नेपाल–अङ्ग्रेज युद्धको जीवित दस्ताबेज हो । त्यस क्षेत्रमा शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्म लाग्दा देखिन्छन् । यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ । वि स १९७५ मा सिन्धुलीगढीका कर्णेल कीर्तिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका ५६ झ्याल टिनको छाना र सिमेन्ट अनि इट्टाको प्रयोग गरी दुई तले दरबार बनाइएको थियो । भत्किएको सोही दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको थियो । तर संरक्षण नभएपछि दरबारले अहिले सबैलाई गिज्याइरहेको छ ।

AS.gif 486.54 KB

सम्बन्धित खबर

/frontend/images/redline.png