आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २२ पुस २०८१

हात्तीको उपद्रो,१२ भन्दा बढी घरमा क्षति

https://jawaaf.com/storage/01JGWR9KPV2G4RAWD1EVNN19ZN.jpg

रौतहट । रौतहटको दुई पालिकाको विभिन्न स्थानमा रहेको वस्तिमा १२ भन्दा बढी घर हातीले भत्काई दिएको छ । जङ्गली हातीको बथानले करिब दुई साताअघि चन्द्रपुर नगरपालिकामा ८ र फतुवा विजयपुर नगरपालिकामा ४ घर भत्काएको छ। 

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

चन्द्रपुर नगरपालिका वडा नं. ३ गैडाटारमा ७ र वडा नम्बर २ को जुडिबेलामा एक घर भत्काएको छ । गैडाटारका स्थानीय नविन तमाङ्गका अनुसार सन्त बहादुर रुम्बा, मीना राई, छेनाम सिह लोप्चन, बली माया लोप्तन, बोम्जन साईला, सुबास ठोकर, साईला गोलेको घर जङ्गली हातीले भत्काई दिएको हो । 

हातीले जुडिवेलामा रहेको एक घर भत्काएको छ भने कालापानी सामुदायिक बन उपभोक्ता समूहको बनक्षेत्रमा निर्माण पार्क र पानी घट्टमा पनि क्षति पुराएको उनले बताए । चन्द्रपुर नगरपालिका अन्तर्गत वडा नम्बर २ को जुडिबेला, ३ गैडाटार , वडा नम्बर ४ कप्तानटोल र जंगलटोल क्षेत्रमा हात्तीले घर, टहरा, गोठ र धानको भकारी भत्काउनुका साथै किसानको बालीमा समेत क्षति पुरयाउदै आएपछि यहाँका बासिन्दा चिन्तित भएका छन् ।

AS.gif 486.54 KB

फतुवा विजयपुर नगरपालिका वडा नं. ११ वुटवा वस्तिमा ४ घर हातीले भत्काईदिएको छ । स्थानिय विजय चौधरीका अनुसार उदय चौधरी, मिलन मगर ,हरिशरण मैनाली , लगायतका घरमा हातीले क्षति पुर्‍याएको छ । विगत केहि महिना देखि नगर भित्र रहेको जंगलमा देखा परेको हात्ती बेलुका र बिहान बस्ती नजिकमा आउने गरेको स्थानीयले बताएका छन् । हात्तीले केरा खतीमा बढी क्षति गरेको किसानको गुनासो छ । 

Photo (2).jfif 86.87 KB

सामुदायिक वन क्षेत्रमा ७÷८ वटा समूहमा नै हात्ती देखा परेको उनीहरु बताउँछन् । उनीहरूका अनुसार हात्ती यस क्षेत्रको बन वरिपरि नै छ ।गाउँ नजिकै रातिको समयमा हाती देखा पर्न थालेपछि वरपरका बासिन्दा रातभर त्रासमा बस्ने गरेका छन् । रातैभर हात्तीको उपद्रोका कारण सुत्न समेत नपाएको गाँउलेहरूको गुनासो छ । गाउँ नजिक सामुदायिक वन रहेकाले त्यहीबाट हाति प्रवेश गरेको हुन सक्नै भन्दै सतर्कता अपनाउन सबैमा डिभिजन वन कार्यालय रौतहटले सुझाव दिएको छ । जङ्गली हात्ती हिँड्ने सम्भावित बाटोमा यात्रा गर्दा सावधानी अपनाउन र झिसमिसेमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।


सम्बन्धित खबर

/frontend/images/redline.png