आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २२ पुस २०८१

दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ

https://jawaaf.com/storage/01JGXRHWCKMVZ73RW0HZYQSQG7.jpg
फाइल फोटो I

मोरङ । विराटनगर महानगरपालिका–१३ स्थित कोशी राजमार्गबाट ६ वटा दुर्लभ जनावर सुन गोहोरो सहित दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका–१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन् । 

सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई उक्त सुन गोहोरो सहित पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी डिभिजन वन कार्यालय मोरङ पठाइएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

सम्बन्धित खबर

/frontend/images/redline.png