एमाले केन्द्रीय कमिटी बैठक : पार्टी निमार्णमा देखिएका समस्याको समाधानमा जोड
काठमाडौँ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले केन्द्रीय कमिटी बैठकले पार्टी निर्माणमा देखिएका समस्याको समाधानका विषयमा विशेष जोड दिइरहेको बताएका छन् । सोमवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै गौतमले पार्टीभित्रका कुनै किसिमका गुटबन्दीहरू पार्टीले सहनुहुन्न र कहिँकतै गुटगत आशयका गतिविधि भयो भने पार्टीले निगरानीमा राख्ने कुरामा समेत पार्टीले जोड दिएको बताएका हुन् ।
उनले भने ,‘ बैठक प्रध्रानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजोबाट सुरु भएको छ । अध्यक्षबाट प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । मूलत: सरकारको प्रभावकारिता र पार्टी निमार्णमा देखिएका समस्याको समाधानमा जोड दिइरहनु भएको छ । पार्टीभित्रका कुनै किसिमका गुटबन्दीहरू पार्टीले सहनुहुन्न र कहिँकतै गुटगत आशयका गतिविधि भयो भने पार्टीले निगरानीमा राख्ने कुरामा समेत पार्टीले जोड दिएको छ ।’
साथै उनले आफ्नो इच्छा पूरा गर्नको निम्ती विभिन्न स्वार्थ समुहहरू बनाएर पार्टीको नेतृत्व विर्गान नहुने बताए । उनले एमाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने बताए ।
सम्बन्धित खबर
