आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, २३ पुस २०८१

गृहका १२ सहसचिव र उपसचिवको सरुवा

https://jawaaf.com/storage/01JGZCB9HPAKY4C43HP8PBAREE.png

काठमाडौँ । गृह मन्त्रालयले १२ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौँ सहितका ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।

सरुवा सूची अनुसार गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारी काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने त्यहाँ रहेका जयनारायण आचार्यको मन्त्रालयमा सरुवा भएको छ ।

MIC (1).gif 172.09 KB

यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, झापाका बन्धु बाँस्तोला र सुनसरीका रामचन्द्र तिवारीको पनि गृह मन्त्रालयमा कार्यरत गोगनबहादुर हमाललाई कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने त्यहाँका धर्मेन्द्रकुमार मिश्रलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

त्यस्तै मन्त्रालयमा कार्यरत तुलसीबहादुर श्रेष्ठलाई सर्लाही, मन्त्रालयमै कार्यरत इन्द्रदेव यादवलाई मोरङ, सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको झापा र दांगका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई सल्यानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

सम्बन्धित खबर

/frontend/images/redline.png