तीनवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दै छ । बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल हुने कार्यसूची छ । यस्तै,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ः३० बजेबाट सिंहदरबारमा सुरु हुनेछ ।
बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने छ । त्यस्तै , विधायन व्यवस्थापन समितिको बैठकमा पनि बस्दै छ । बिहान ११ः३० बजेबाट सुरु हुने बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
सम्बन्धित खबर



