सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, २६ पुस २०८१

जनता समाजवादी पार्टी प्रदेश नम्बर १ समितिको पूर्ण बैठक शनिवार बस्दै

https://jawaaf.com/storage/01JH7JZJZ38QKKF2NET8NQ3SSA.jpg

धरान । जनता समाजवादी पार्टी(जसपा) प्रदेश नम्बर १ समितिको पूर्ण बैठक पौष २७ गते शनिवार बस्ने भएको छ। समितिको बैठक खोटाङको दिक्तेल बजार स्थित बस्न लागेको हो । 

भोलि बिहान सात बजे देखी सुरु हुने बैठकमा राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत एवं पारित गर्ने साथै भावी कार्य योजना प्रस्तुत गरी पारित गर्ने बैठकको योजना रहेको छ । उक्त बैठकमा प्रदेश समिति सदस्य मनोनीत, कार्यकारिणी समिति गठन, प्रदेश तहको पार्टी निकाय गठन, विभिन्न विभागहरू तोक्ने, स्थानीय तह उपनिर्वाचनको समीक्षा लगायत प्रस्तावहरूमा छलफल हुने तयारी रहेको समितिका सचिव राम माण्डुपालले जानकारी दिए ।

बैठकको आरम्भ पार्टीका केन्द्रीय अध्यक्ष अशोक कुमार राईको उपस्थितिमा हुनेछ । साथै प्रदेश नम्बर १ का जसपा राष्ट्रिय समिति अन्तर्गतका सम्पूर्ण समिति अध्यक्षहरूलाई पनि उपस्थिति गराइने जानकारी गराएका छन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

सम्बन्धित खबर

/frontend/images/redline.png