सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, ०१ माघ २०८१

चितुवा मृत अवस्थामा फेला

https://jawaaf.com/storage/01JHJC74ES5WS79FP1KXF8VBE3.jpg

रौतहट ।  रौतहटको बलेरीको नहरमा एक चितुवा मृत अवस्थामा फेला परेको छ । चितुवाको मुखबाट रगत आएको कारण चोरी सिकारीले मारेको हुन सक्ने आँकलन गरिएको छ ।

यद्यपि चितुवा नहरको पानीले बगाएर ल्याएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । चोरी सिकारीको उदेश्यले मारेको हुन सक्ने स्थानीय रूप नारायण पटेलले बताए ।उनका अनुसार वृन्दावन नगरपालिका–१ बलेरीको नहरबाट कृषकको खेतसम्म आइपुगेको हो । तर डिभिजन बन कार्यालय रौतहटले सिकारीले मारेको नभइ आफैँ मरेको बताएको छ ।

चितुवाको प्रकृति हेर्दा कालगतिले मरेको देखिएको डिभिजन वन कार्यालय रौतहटका निमित्त प्रमुख राम गणेश साहले बताए । यस विषयमा अनुसन्धान गरिने   उनले जानकारी दिए ।मरेको चितुवालाई स्थानीय प्रशासन र जनप्रतिनिधिको रोहबरमा खाडल खनेर पुरिएको छ । 

सम्बन्धित खबर

/frontend/images/redline.png