सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, ०१ माघ २०८१

१४ वर्षसम्म पुल निर्माणको काम अधुरै

https://jawaaf.com/storage/01JHJCESX10WF7XJKBSTMS5F0K.jpg

रौतहट । सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल निर्माणको काम सुस्त गतिमा भएको छ । पुल निर्माणको काम थालेको करिब १४ वर्षसम्म पनि निर्माणको काम अधुरो रहेको छ ।

NOW.gif 152.32 KB

नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको पुल निर्माणको ठेक्का महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का लाएको हो । २०७९ वैशाख ११ मा ठेकेदारले २०८१ कात्तिक १० मा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर पुलको काम सुस्त गतिमा भैइरहेको मत्सरीका युवा पवन गुप्ताले बताए ।

उनका अनुसार पुल बनेपछि  बसतपुर, बडहर्वा, राजदेवीलगायतका बासिन्दालाई सहज हुनेछ । अहिले यहाँका बासिन्दा बर्खाको समयमा जोखिम मोलेर डुंगामा वारपार गर्दै आएको उनले बताए ।

Planning_Consultancy.gif 1.45 MB

तोकिएको समयमा पुल बनेको भए दुवै जिल्लाका स्थानीयलाई वारपार गर्न अहिले सहज हुने उनको भनाइ छ । वाग्मती नदीले कटानमा पारेपछि केहीको खेतबारी सर्लाहीतिर छ । अहिले खेतीको कामका लागि डुंगा चढेर आउजाउ गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

माधवकुमार नेपालले  शिलान्यास गरेको पुलको लम्बाइ ६३४ मिटर र चौडाइ डबल लेन्थको छ । पुलको काम अहिले पनि भैइरहेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ ।

MIC (1).gif 172.09 KB

सम्बन्धित खबर

/frontend/images/redline.png