बिहिबार, २१ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ११ माघ २०८१

समाजवादी बिधार्थी युनियन सुनसरी जिल्ला अध्यक्षमा दिपेश ईशारा

https://jawaaf.com/storage/01JJCGKHJF3D58WFQYM1Y457DZ.jpg

धरान । जनता समाजवादी पार्टीको बिद्यार्थी भातृ संगठन समाजवादी बिद्यार्थी युनियन सुनसरी जिल्लाको अध्यक्षमा दिपेश ईशारा राई चयन भएका छन । शुक्रवार जनता समाजवादी पार्टी धरान उप-महानगरको कार्यालयमा सम्पन्न सुनसरी जिल्ला भेला तथा पुर्नगठन कार्यक्रमले राईको नेतृत्वमा २५ सदस्यीय को समिति चयन गरेको हो । 

IMG_5290.gif 82.25 KB

उपाध्यक्षमा नवराज किराँती,सेमि यक्सो लिम्बु,गोपाल हाङ्खिम राई सचीव सुनन्द सरगम राई,सह-सचिव अशोक घले,भावना राई,शङ्कर साह कोषाध्यक्ष देवि खापुङ्ग लिम्बु सदस्यमा मनिला राई,नारायण तामाङ्ग,बिमल किराँती,सन्जुहाङ्ग लिम्बु,नेहा नाइका राई,सुदिपहाङ्ग राई,लक्ष्मि राई,कस्मिर राई,एरिना राई,विशाल चाम्लिङ राई,निशा दाहाल,दर्पण राई,दिलिप काम्दुङ्ग राई,विश्वास राई,वबिता गुरुङ्ग,अनुशा मगर रहेका छन ।

IMG_5649.gif 1.45 MB


कार्यक्रमका प्रमुख अतिथि युनियनका केन्द्रिय अध्यक्ष प्रकाश चाम्लिङ राईले समाजवादी बिद्यार्थी युनियनले अगाडी सारेको संघिय शिक्षा प्रणालिको मुद्वालाई सार्थकता दिनको लागि समाजवादी बिद्यार्थी युनियन केन्द्र कमिटी कटीबद्व रहेको यसलाई राज्यको महत्त्वपूर्ण मुद्वा बनाउन जोड दिदै आएको कुरा बताएका छन । नेपालको शिक्षा प्रणालिलाई परिवर्तन र प्रभावकारी बनाउनका निमित्त देशमा संघिय शिक्षा प्रणाली आवश्यक रहेको त्यो परिवर्तन समाजवादी बिद्यार्थी युनियनको सहभागिता मार्फत मात्र सम्भव रहेको उनले दाबि गरे । यसको लागि कुटनैतिक,नितिगत क्षेत्रबाट आन्दोलन गर्न परे समाजवादी बिद्यार्थी युनियन सधै तयारी रहेको समेत उनले बताएका छन ।

नवगठित सवियु सुनसरी जिल्ला अध्यक्ष दिपेश ईशारा राईले आफुले पाएको जिम्मेवारी नभुलि बिद्यार्थीको हकहितमा सधै प्रतिबद्ध रहने बताएका छन । उनले भने आफ्नो लागि यो जिम्मेवारी मात्रै नभएर यसलाई अवसरको रुपमा हेरेको छु यो अवसरको सहि सदुपयोग गर्नेछु ।

IMG_5650.gif 652.54 KB



कार्यक्रममा सवियु प्रदेश कमिटी अध्यक्ष चन्द्र किराँती , जसपा प्रदेश सचिव राम माण्डुपा राई,उपाध्यक्ष आश कुमार राई,युवा प्रदेश सचिव रन्जित राई,जसपा सुनसरी जिल्ला कावा अध्यक्ष यलम हाङ्ग राई,सह-सचीव सुमन राई, धरान नगर अध्यक्ष नगेन्द्र पार्घरी लिम्बु,कार्यकारीणी सदस्य कौशिला चेम्जोङ्ग लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रम सवियु  सुनसरी जिल्ला जिल्ला ईन्चार्ज मदन हाङ्गखिम राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।


IMG_5651.gif 828.52 KB

सम्बन्धित खबर

/frontend/images/redline.png