सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
दान बहादुर बुढा
दान बहादुर बुढा
प्रकाशित मितिः शनिबार, १२ माघ २०८१

रारामा पाहुना चराको सङ्ख्या बढ्यो

https://jawaaf.com/storage/01JJEKCSED4N2SDQXXRPCSYMMA.jpg

मुगु ।  मुगुको रारा तालमा पाहुना चराहरूको सङ्ख्या गत वर्ष भन्दा यस वर्ष बढेको छ । समुन्द्र सतहबाट दुई हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालमा भारत, मानसरोवर ,साइबेरिया लगायतका विभिन्न खाडी मुलुकबाट दर्जनौँ प्रजातिका चराहरू यस वर्ष बढेका छन् ।

Photo (1).jpg 167.2 KB

चराविदहरूका अनुसार रारामा पाइने चराहरू साइबेरिया लगायत विभिन्न देशहरूबाट मंसिर महिनाबाट आउन सुरु गर्छन् । यस वर्ष माघबाट हिउँ परेको हुँदा हिजोआज धमाधम हाँस, जलेवा, काला , खैरा, पहेलालगायत फरक फरक रंग भएका धेरै चराहरू रारामा देखिने गरेका छन् ।

Photo (3).jpg 89.31 KB

ति चराहरू बैशाख महिनासम्म रारामा बस्ने त्यसपछि गर्मी बढेपछि मानसरोवर,  साइबेरिया जाने गरेका छन् । यस वर्ष पुस महिनामा रारामा डुङ्गा नचल्दा ,मानिसहरूको आगमन कम हुँदा पाहुना चरा बढेको स्थानीयको भनाइ छ ।

Photo (4).jpg 113.7 KB

रारा राष्ट्रिय निकुञ्जको रेकर्ड अनुसार बिगतका वर्षमा रारा तालमा रमाउने पाँच  प्रजातिका तीन सय ४२ हाँसहरू रहेको देखिन्छ भने यस वर्ष चरा गणना अनुसार १५ प्रजातिका हाँस पाँच सय भन्दा बढी भेटिएको पाइन्छ ।

Photo (5).jpg 110.61 KB

विशेषगरी राराको मिलीचौर, ओखरबोट, मिजार, दोफे, महादेव मन्दिर, आर्मी ब्यारेक क्षेत्रमा बढी हाँसहरु भेटिने गरेका छन् । रारामा विशेषगरी कमन कुट, खोया हाँस, मलाट हाँस, काले, खैरो, पहेले रङ्खका हाँसहरु रहेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

सम्बन्धित खबर

/frontend/images/redline.png