सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १२ माघ २०८१

हुस्सुका कारण सवारी दुर्घटना कम गर्न ट्राफिकको विशेष अभियान

https://jawaaf.com/storage/01JJEN97KSWYX1A0SGM2M34JVR.jpg

रौतहट । रौतहट ट्राफिक प्रहरीले बाक्लो हुस्सुका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि अभियान थालेको छ । विशेषगरी  बिहान र बेलुकाको समयमा बाक्लो हुस्सु लाग्ने र नजिकको सवारी साधन पनि नदेखिदा दुर्घटनाको जोखिम हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

सवारीको अधिक चाप रहने पूर्व–पश्चिम राजमार्ग  र चन्द्रनिगाहपुर गौर सडक खण्डमा दुर्घटना न्यूनीकरणका लागि अभियान नै सञ्चालन गरेको ट्राफिक प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारी बताए ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

उनका अनुसार यस अभियान अन्तर्गत सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने, सवारी चालकको स्वस्थ परीक्षण गर्ने, इन्डिकेटर बत्ती बालेर बिस्तारै सवारी चलाउन अनुरोध गरिन्छ ।

सवारी दुर्घटना प्रायः चालकको लापर्बाहीले हुने गरेको पाइएकाले न्यूनीकरणका लागि प्रशिक्षण दिने गरिएको उनले जानकारी दिए ।बाक्लो हुस्सुमा सवारी चलाउँदा अपनाउनु पर्ने सतर्कताको बारेमा चालकलाई बुझाउने गरेको ट्राफिक प्रहरी निरीक्षक अधिकारी बताए ।

Planning_Consultancy.gif 1.45 MB

उनले सवारी साधनको अवस्था पनि जाच गर्ने गरेको बताए ।ट्राफिक कार्यालय रौतहटले  विभिन्न पालिका अन्तर्गतका विद्यालयमा दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत गर्दै आइरहेको उनले उल्लेख गरेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार आर्थिक वर्ष २०८१÷८२ को पुष मसान्तसम्म ३ सय ८५ वटा सवारी दुर्घटनामा ३१ जनाले ज्यान गुमाए भने ६१० जना घाइते भएका छन ।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण सँगै नियम विपरीत कार्य गर्ने चालकलाई कारबाही गरि राजस्व सकलन गर्ने गरेको जनाएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png