सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
दिपेस  इसारा
दिपेस इसारा
प्रकाशित मितिः आइतबार, १३ माघ २०८१

मुकुम्लुङ आन्दोलनले लियो उग्र रूप : एउटा हैन सयौ गोलि थाप्न तयार छौ

https://jawaaf.com/storage/01JJHQDQ5A64R7JQYJK64HGY7C.jpg

धरान । ताप्लेजुङ मुकुम्लुङ आन्दोलनको घटनाले थप उग्र रूप लिदै गएको छ । शनिवार मुकुम्लुङ आन्दोलनका समूहलाई सशस्त्र प्रहरी द्वारा गोलि प्रहार भएपछि आन्दोलनले अर्को गति लिने संकेत गरेको हो । 

Pathivara.gif 82.25 KB

आइतवार धरानमा पनि उत्त घटनाको विरोध भएको छ । धरानको भानुचौकमा घटनाको विरुद्धमा मुकुम्लुङ संरक्षण संघर्ष  समिति लगायतले विरोध जनाउदै मेचीराजमार्ग र तमोर करिडोर अनिश्चितकालिन यातायात बन्द को आह्वान समेत गरेका छन । 

सरकार थप दमनकारी शैलीमा उत्रिए त्यसको प्रतिवाद गर्ने जसपा नेपाल धरान नगर अध्यक्ष ताजुब लिम्बुले बताएका छन । हिजोका साशकहरुलाई जसरी प्रतिवाद गरेका थियौ त्यसरीनै आजको राज्य सरकारको दमनकारी गतिविधिलाई प्रतिवाद गर्ने आट राखेका छौ उनले भने ।  सर्वसाधरणलाई गोलि प्रहार गर्नको लागि लोकतन्त्र गणतन्त्र व्यवस्था हामिले ल्याएको हो भन्दै अहिलेको व्यवस्था माथि उनले  प्रश्न समेत  गरेका छन । वर्तमान सरकार सर्वसाधारण जनताको लागि आतंकित बन्दै गएको जत्ति राज्य दमनकारी बन्दै जान्छ त्यत्ती सरकार को आयु कम हुने  चेतावनी  समेत उनले दिएका छन ।

विरोध सभामा बोल्दै जेन्टल लावति लिम्बुले जबसम्म केवलकार निर्माण खारेज हुदैन तबसम्म बन्द आह्वान सँगै आन्दोलन नरोक्ने चेतावनी दिएका छन । वर्तमान सरकारले जुन केवलकार निर्माण गर्ने निर्णय गरेको थियो त्यसैको दोष आज आफै प्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको थलो परेर बस्नुपर्ने अवस्था आएको समेत उनले बताएका छन । जो जसले मुकुम्लुङको आस्था माथि प्रहार गर्ने दुस्साहस गर्छ ति ब्यत्तिलाइ मुकुम्लुङमा आस्था राख्ने व्यत्तिहरूले मात्र हैन मुकुम्लुङ आफैले पनि द्वन्द्व दिनेछ । मुकुम्लुङ संरक्षणको शान्तिपूर्ण आन्दोलनलाई राज्यले हिंसात्मक बनाउने प्रयत्न गरेको हो अब ईट जवाफ ईटले नै दिनेछौ उनले भने ।

Furniture House.gif 947.74 KB

जनता समाजवादी पार्टी धरान उपमहानगर सहसचिव रन्जित राईले मुकुम्लुङ आन्दोलन लाई बेवास्ता गरेर राज्यले बेलैमा ध्यान नदिए फेरि पनि टिकापुर घटना दोहोरीन सक्ने उनले चेतावनी दिए । यसको क्षति सरकारले ब्यहोर्नु पर्ने उनले बताए । राज्यले पटक पटक हाम्रो आस्थाहरू माथि प्रहार गर्दै आएको छ । चरम दमन शोषन गरेको छ अब भने चुप नबस्ने मुकुम्लुङ संरक्षणको लागि राज्यको गोलि थापन परे तयार रहेको सनेत उनले बताए ।

MIC (1).gif 172.09 KB

मुकुम्लुङमा केवलकार बनाउने नाममा राज्यले नितिग भ्रष्टाचार गरेको पहिचानवादी नेता सिताराम राईले आरोप लगाएका छन । स्थानीयको असन्तुष्ट विरोध हुदा हुदै राज्यले दमनकारी शैलीमा केबलकार निर्माण कार्य अगाडी बढाएको यसैको विरोधमा यही माघ १५ मङ्गलवार देखि पूर्व मेचि हाईवे,टम्मर करिडोर तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरू मा बन्द घोषणा भएको राईले बताए । सशस्त्र प्रहरी को गोलि लागेर घाइते भएका याम बहादुर लिम्बु,सगुन लावती,धर्मेन पालुङ्वा उनिहरूलाई उपचारको लागि काठमाडौँ लगिएको उनले जानकारी गराए । 

ति घाईतेहरूको उपचार क्षतिपूर्ति ब्यहोर्नुपर्ने, पाथीभरा क्षेत्र विकास समिति खारेज गर्ने, केवलकार निर्माण का मुख्य व्यक्ति चन्द्र ढकालको ग्लोबल आईएमइ बैँकमा रहेको सबै शाखाका खाता बन्द गर्नु पर्ने,सिडिओ प्रशासनले माफी मागि कडा कार्यवाही हुनु पर्ने, उनिहरूको माग रहेको छ ।

भिडियो हेर्नको लागि लिङ्कमा क्लिक गर्नुहोस्:

Bantawa Hardware.gif 828.52 KB

सम्बन्धित खबर

/frontend/images/redline.png