सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, १४ माघ २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेह्रथुममा

https://jawaaf.com/storage/01JJK7Q69XEF8719H313YYPC24.jpg

तेह्रथुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तेह्रथुम पुगेका छन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई साथ लिएर सोमवार बिहान तेह्रथुम पुगेका हुन् ।

विभिन्न कार्यक्रममा सहभागी हुन तेह्रथुम पुगेका प्रचण्ड  झाकी तथा बाजाले स्वागत गरिएको थियो । माओवादी अध्यक्ष प्रचण्डले चोत्लुङपार्कको अवलोकन गरेका छन् ।

Pathivara.gif 82.25 KB

चोत्लुङपार्कको इतिहासको बारेमा स्थानीयले अध्यक्ष प्रचण्डले अवगत गराएका थिए । यसै गरि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेह्रथुमको लालीगुराँस २ चोःलुङ पार्क तथा सङ्ग्रहालयकोको अवलोकन गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

आठराईमा अध्यक्ष दाहालले बगाले सहिद स्मृति पार्क र जनयुद्ध तथा शान्ति सङ्ग्रहालय भवनको शिलान्यास गर्ने तय भएको नेकपा माओवादी केन्द्र तेह्रथुमले जनाएको छ ।

आज विभिन्न कार्यक्रममा  सहभागी भएपछि बेलुका चुहानडाँडा बजारमा बस्नेछन् । पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौँ फर्किने उनको सचिवालयले जनाएको छ ।

Bantawa Hardware.gif 828.52 KB

सम्बन्धित खबर

/frontend/images/redline.png