सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, १७ माघ २०८१

आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा

https://jawaaf.com/storage/01JJTN07XGCD20CMVB0V9NZ0NJ.jpg

काठमाडौँ । आजबाट सोनाम ल्होछार २८६१ शुरु भएको छ । आज (बिहीबार) गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदैछ । सोनाम ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउँछन् । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ ।

ल्हो अर्थ वर्ग अर्थात् वर्ष हो भने छारको नयाँ हुन्छ । सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेषगरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन मनाउने गरिएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png