बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, १७ माघ २०८१

सिटी च्याम्पियन्स लिगको प्ले अफमा

https://jawaaf.com/storage/01JJTNACS3STH89MF7QZWBH26J.jpg

काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको ‘प्लेअफ’ मा पुगेको छ । बेल्जियमको क्लबबर्गलाई बुधवार ३–१ को पुनरागमन जित निकाल्दै सिटीले ‘प्लेअफ’ मा स्थान पक्का गरेको हो ।

सिटी अन्तिम खेलअघि अंक तालिकाको २५ औं स्थानमा थियो ।  सिटी पहिलो हाफमा १–० ले पछि परेको थियो । दोस्रो हाफमा सिटी नतिजा उल्टाउन सफल भएको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा राफेल न्वाडिकीको गोलमा क्लब बर्गले खेलमा अग्रता बनाएको थियो ।

दोस्रो हाफको सुरुवातमा बराबरी गोल गर्दैै सिटी खेलमा फर्केको थियो। ५३ औं मिनेटमा माटेओ कोभासिसले बाराबरी गोल गरेका थिए ।

६२ औं मिनेटमा साभिन्होको क्रसलाई जोगाउने ओर्डोनेजको प्रयासमा आत्मघाती गोल भएपछि सिटीले अग्रता लिएको थियो । साभिन्होले ७७ औं मिनेटमा गोल गरेपछि सिटी विजयी भएको थियो ।

८ खेलमा ३ जित सहित ११ अंक बनाएर २२ औं स्थानमा रहँदै सिटी प्ले अफमा पुगेको हो ।

Pathivara.gif 82.25 KB

सम्बन्धित खबर

/frontend/images/redline.png