नो केवलकारका घाइतेलाई भेट्न शिक्षण अस्पताल पुगे जसपा अध्यक्ष राई
१७ माघ, धरान। मुकुम्लुङ्ग केवलकार आन्दोलनका घाइतेहरूलाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई पुगेका छन । बिहिवार घाइतेहरूको उपचार भइरहेको शिक्षण अस्पताल महाराजगन्जमा पुगेर उनले घाइतेहरूको शीघ्र स्वस्थ लाभको कामना समेत गरेका छन । उनको साथमा माननीय सुशीला श्रेष्ठ पनि घाइतेहरूलाई हौसला दिन पुगेकी थिइन ।
यही माघ १२ गते शनिवार मुकुमलुङ्ग (पाथीभरा) क्षेत्रमा नो केवलकार आन्दोलनका योद्धाहरू समुन लावती, याम लिम्बू र धर्मान पालुङ्वालाई सशस्त्र प्रहरीको गोली लागि घाइते भएका थिए । उत्त घट्ना प्रति जनता समाजवादी पार्टीले विरोध जनाउदै प्रेस विज्ञप्ति समेत निकालेका थिए ।
सम्बन्धित खबर

