सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, १७ माघ २०८१

गुणस्तरीय पत्रकारिता गर्न आवश्यक : प्रदीप ज्ञवाली

https://jawaaf.com/storage/01JJV65QVH90PJNMVRZ3VZWBDH.jpg

काठमाडौं ।  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा गुणस्तरीय पत्रकारिता गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार प्रेस चौतारी ललितपुर जिल्ला समिति नेपालको छैटौं जिल्ला अधिवेशनमा बोल्दै उनले अहिले सूचना प्रविधिको दुरुपयोग भइरहेकाले सत्य तथ्यलाई जोगाउन आवश्यक रहेको बताएका हुन् ।  

उनले भने, ‘मिडियालाई सत्यतथ्यको लागि बचाउनुपर्ने छ । प्रेस चौतारीले  मिडियाहरुलाई कसरी बचाउने ठूलो चुनौति छ । सूचना प्रविधिको दुरुपयोग असाध्यै तिव्र रफ्तारमा गइरहेको  छ । सही र गलत सूचनाहरुको बीचमा मिडियाहरु छन् । जानकारीमूलक समाचारलाई जोगाउन आवश्यक छ ।’

साथै उनले अहिलेको  समयमा धेरै  मिडियाहरु भएकाले संख्याको  हिसावले मिडिया नजोगिने बताए । उनले संचारमाध्यमहरु टिक्नको लागि कतिको गहिराइका साथ समाचार उजागर गर्न सकिन्छ भन्ने विषय ठूलो भएको बताए ।

सम्बन्धित खबर

/frontend/images/redline.png