शनिबार, २३ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १९ माघ २०८१

विद्युतीय गाडि हरेक क्षेत्रका लागि फाइदा जनक छ : कुलमान घिसिङ

https://jawaaf.com/storage/01JK0SEF60GN6G72G3V667TYNX.avif

काठमाडौँ ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको अर्थतन्त्रको लागि विद्युतीय गाडिको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । शनिवार एबी मोटर्स ओमडाको शोरूम उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्युतीय गाडि हरेक क्षेत्रका लागि फाइदा जनक रहेको बताएका हुन् ।

Bantawa Hardware.gif 828.52 KB

उनले भने, ‘विद्युतीय समानहरूको जुन प्रवर्धन भैइहरहेको छ यसमा मलाई अत्यन्त खुसी लाग्ने गर्दछ । अब विद्युतीय गाडि नै किन भन्दा नेपालको अर्थतन्त्रको लागि महत्वपूर्ण भूमिका छ । जसले विद्युतीय गाडि प्रयोग गर्नुहुन्छ उहाँको फाईदाको लागि पनि सबैभन्दा महत्वपूर्ण छ । अर्थतन्त्रको हिसाबले विद्युतीय गाडि एकदमै फाइदाजनक छ ।’

साथै, उनले पेट्रोल डिजेलको हाहाकार भएको अवस्थामा पनि हामीसँग विद्युतीय गाडि हुँदा पेट्रोल डिजेलको पर निर्भरता घट्ने बताए । उनले हाम्रो जीवनशैली नै इलेक्ट्रिकल सिस्टममा रूपान्तरण गर्नुपर्ने बताए ।

Pathivara.gif 82.25 KB

सम्बन्धित खबर

/frontend/images/redline.png