सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १९ माघ २०८१

जसपाको वडा समिति पुनर्गठन, अध्यक्षमा हिरा बहादुर

https://jawaaf.com/storage/01JK14W0AXG9VEPG9DXCBQERV2.jpg

धरान । जनता समाजवादी पार्टी धरान उप-महानगर  वडा न.१७ समिति को पुनर्गठन भएको छ । समितिको अध्यक्षमा हिरा बहादुर राई चयनभएका छन ।

शनिवार धरान वडा न.१७ रेल्वेमा मा भएको पार्टी को भेला तथा पुनर्गठन कार्यक्रमले अध्यक्ष राई सहित १५ सदस्यीय वाड समिति बनाइएको हो । अध्यक्ष हिरा बहादुर राई,उपाध्यक्ष समीर राई,सचिव नवराज खनाल,कोषाध्यक्ष राज कुमार राई,सदस्य आदेस चम्रकार,कर्ण बहादुर राई,प्रताप राई,प्रकाश राई,बलाराम तामाङ,रमेश राई,सिवन राई,मनिका राई,हिरा माया खड्का,अमर लिम्बू,भिम तिरुवा रहेका छन ।

जसपा धरान नगर समिति अध्यक्ष नगेन्द्र पारघरी र्लिम्बू प्रमुख अतिथि रहेको उत्त कार्यक्रममा किरात राष्ट्रिय समिति सदस्य सिता राई,जसपा धरान नगर सचिव सम्भु पृथक् राई, सह-सचिव रन्जित राई,कोषाध्यक्ष केदार राई,कार्यकारिणी सदस्य कौशिला चेम्जोङ्ग,मजदुर नेता चन्द्र सोताङ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

/frontend/images/redline.png